ताजा म्यान्डेटका लागि वैशाख २३ गते आम चुनाव !
ताजा म्यान्डेटका लागि वैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका हुन् ।
बर्तमान जनादेशले काम गर्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष राखेका हुन् । वैशाख २३ गतेको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।