Logo
१३ बैशाख २०८१, बिहीबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुमी मोक्तान र विजु पार्कीले जिते ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि

शनिबार सम्पन्न नेपाली रियालिटी सो ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन्।

शनिबार  भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट प्राप्त गर्दै उपाधी जितेका हुन् ।उपाधीसँगै उनीहरुले २० लाख पुरस्कारसमेत प्राप्त गरेका छन्।

विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए। यस्तै, फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङले प्राप्त गरेका छन् भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बनेका छन्।

यो शोमा निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए । यो शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए ।

फाइनलमा बुद्ध लामा र केविका, प्रियना आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्कीले प्रतिस्पर्धा गरेका थिए । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो।

यो शोको समाप्तीसँगै हिमालय टेलिभिजनले ‘दि भ्वाइस अफ नेपाल–३’ प्रशारण गर्ने तयारी गरेको छ । अहिले यो शोको डिजिटल अडिसन चलिरहेको छ।

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्