Logo
११ बैशाख २०८१, मंगलबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको कदम संविधान र लोकतन्त्रलाई ध्वस्त बनाउने प्रतिगमनको पराकाष्ठ हो : उपेन्द्र यादव

प्रतिपक्ष दल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिश गरेको कदमलाई प्रतिगमनको पराकाष्ठाको संज्ञा दिएका छन् ।

ओलीको कदम नेपालको संविधान र लोकतन्त्रलाई ध्वस्त बनाउने गरी आएको र यो प्रतिगमनकारी कदम भएकाले यसविरुद्ध लड्नुको विकल्प नभएको टिप्पणी गरेका छन् ।

आज आइतबार विहान मन्त्रिपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिश गरेका थिए । प्रधानमन्त्रीले संसद विघटन गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि यसको सर्वत्र आलोचना भएको छ ।

सोही पाटीका अर्का नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि ओली कदमको तीब्र आलोचना गरेका छन् । भट्टराईले भनेका छन्, ‘केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनका लागि पठाएको प्रस्ताव अत्यन्त दुखद् छ, यसले हिजोकै अस्थिरता निम्त्याएको छ,’ उनले भनेका छन्, ‘‘यसले संविधानको धज्जी उडाएको छ, यो लोकतन्‍त्रविपरीत छ । यसको सबैबाट प्रतिवाद गरिनुपर्छ ।’

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्