Logo
४ श्रावण २०८२, शनिबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद विघटन असंवैधानिक र अविवेकी निर्णय हो : नारायणकाजी श्रेष्ठ

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री उपस्थित नै नहुँदै प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नु असंवैधानिक हो भनेका छन् ।

श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री उपस्थित नै नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नु गैर लोकतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय भएको टिप्पणी गरेका छन् ।

श्रेष्ठले मन्त्रिपरिषदका सबै सदस्यसमेत उपस्थित नभई प्रधानमन्त्री ओलीले गरेको यो निर्णय ‘अविवेकी हो, यो लागू हुन सक्दैन’ भने ।

यसअघि आजै विहान प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए ।

संसद विघटन शिफारिश गर्न अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीसँग समेत भेटवार्ता गरेका थिए ।सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीदेखि संसदीय दलमासमेत आफ्नो पकड गुमने भएपछि ओलीले संसद नै विघटन गर्न लागेका हुन् ।

एक वर्षयता नेकपामा सत्ता राजनीतिको किचलो चरमस्तरमा पुगी रहेको छ ।

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्