Logo
५ श्रावण २०८२, आईतबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, ओली सहभागिताबारे अझै अन्योल !

नेकपाको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

आज बस्ने उक्त बैठकमा नेकपा अध्यक्ष एव प्रधानमन्त्री केपी ओली उपस्थित हुने नहुने अझै केहि थाहा नभएको ओलीको सचिवाल स्रोत बताएको छ ।

प्रधानमन्त्रीओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् । शनिबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले पनि दुवै नेताको आरोपत्रको बारेमा सहमति कायम गरेर मात्र बैठक राख्न आग्रह गरेका थिए ।

तर प्रचण्डले भने पार्टीमा जति विवाद छन्, सबै विषयमा स्थायी कमिटीले नै निर्णय लिने जवाफ दिएका थिए । शनिबार दाहाललाई भने ओलीले बैठकमा आफू नआउने जवाफ दिएका थिए ।

ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् ।

अब नेकपा बैठक विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने दाहाल-नेपाल समूहको तयारी छ ।अब विवाद निर्णायक मोडतिर गएको संकेत दाहालले केही दिन अगाडि प्रदेश नं.१ को भेलामा पनि दिएका थिए ।

निर्णायक कदमका लागि नै कार्यकर्तालाई मानसिक रुपमा तयार गराउन दाहाल-नेपाल समूहले कार्यकर्ता भेला गरिरहेका छन् ।दाहाल-नेपाल समूहले निर्णायक कदमको तयारी गरिरहँदा ओलीले भने केही नयाँ प्रस्ताव अगाडि बढाएका छन् ।

गएको कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेका थिए भने मंसिर १३ को बैठकमा ओलीले फेरि प्रचण्डमाथि गम्भीर आरोपसहित प्रत्युत्तर दिएका थिए ।
अध्यक्षद्वयले एकअर्कालाई गम्भीर आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद थप चर्केको छ ।

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्