Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सच्चा प्रेममाथि धोका : नग्न तस्बिर देखाएर पैसाको लोभमा ‘ब्लाकमेलिङ’ !

पछिल्लो समय पैसाको लोभमा आफ्नै प्रेमीकालाई ब्ल्याकमेलिङ् गर्ने गरेको पाइएको छ ।
काठमाडौँको बूढानीलकण्डका ३३ वर्षीय सुमन रेग्मी अहिले प्रेमिकामाथि त्यस्तै अपराध गरेपछि थुनामा छन् ।
उनले पैसाको लोभमा अश्लील भिडियो र तस्बिर पठाएर प्रेमिकलाई ‘ब्ल्याकमेलिङ गरेका हुन ।

उक्त अश्लील भिडियो र तस्बिर तिनै प्रेमिकासँगको शारीरिक सम्बन्ध रहँदा खिचिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। रेग्मीले सोही अश्लील भिडियो र तस्बिर पठाएर ‘ब्ल्याकमेलिङ’ गर्दै ७० लाख रूपैयाँ बार्गेनिङ गरेको पाइएको छ।

उनीहरूको चिनजान चाहिँ डेढ वर्षदेखिको हो। सामाजिक सञ्जाल फेसबुकमै भएको चिनजानीपछि उनीहरू आपसमा छिट्टै नजिकिए। ‘डेटिङ’ गएको र सोही क्रममा भएको शारीरिक सम्बन्धलाई आफ्ना प्रेमिकाको इन्कारीपछि पनि जबर्जस्ती भिडियो र तस्बिर कैद गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको साइबर ब्यूरोले जनाएको छ।

तर केही दिनपछि नै युवतीलाई एउटा नयाँ फेसबुक आइडीबाट फ्रेण्ड रिक्वेस्ट आएको र एसेप्ट गर्दा म्यासेन्जरमा आफूसँग सुमनले शारीरिक सम्बन्ध राख्दाको भिडियो र तस्बिर आएपछि उनी झस्किन पुगेको ती युवतीद्वारा प्रहरीमा दायर उजुरीमा उल्लेख रहेको ब्यूरोले जनाएको छ।

त्यसपछि युवतीले प्रेमी सुमनलाई सोध्दा अनभिज्ञता प्रकट गरेको र भिडियोसँगै अश्लील तस्बिर म्यासेन्जरमा पठाउनेले ७० लाखको ‘बार्गेनिङ’ गरेको पाइएको ब्यूरोका प्रवक्ता तथा एसएसपी नवीन्द अर्यालले देखापढीलाई बताए।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा युवतीले इज्जतसँग जोडिएको सवाल भएको हुँदा पहिलोपटक २ लाख ४५ हजार रूपैयाँ दिएको र दोस्रोपटकमा ६ लाख ४५ हजार दिएको पनि खुलेको छ।

दोस्रोपटकसम्म गरी ८ लाख ९० हजार दिइसक्दासम्म भने जुन नामको म्यासेन्जरबाट अश्लील भिडियो र तस्बिर आएको थियो, निष्क्रिय भइसकेको थियो।

यसले गर्दा ती युवतीले सुमनप्रति नै शंका गरे र परिवारसँगको परामर्शपछि उनले साइबर ब्यूरोमा सुमनविरुद्ध जाहेरी दिइन्।

अनसन्धान गर्दै जाँदा ब्यूरोले फेसबुक आइडीमा प्रयोग भएको ‘इमेल’ ठेगाना सुमनकै भएको भन्दै सोही आधारमा उनलाई पक्राउ गर्‍यो।

ब्यूरोका एसएसपी तथा प्रवक्ता अर्यालका अनुसार उनी शुक्रबार काठमाडौँको थापाथलीबाट पक्राउ परेका हुन्। प्रहरीले साइबर अपराधसम्बन्धीको कसूरमा सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ।

धनी प्रेमिकाबाट पैसा असुल्ने प्रयास गर्दा उनको बसाइँ प्रहरी हिरासतमा भएको हो।

उनलाई विद्युतीय कारोबार ऐन अनुसार कैदसँगै जरिवानासम्म हुन सक्छ।

प्रकाशित मिति: Dec 19, 2020

प्रतिक्रिया दिनुहोस्