सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन र संसद अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग
कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले नयाँ जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन ओली सरकारसँग माग गरेको छ ।
उक्त बैठकमा तत्काल संसद अधिवेशन बोलाउन पनि माग गरेको छ ।अध्यादेश संविधानको भावना र मर्म विपरीत भएको भन्दै कांग्रेसले संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।
संविधानमाथि ठाडो हस्तक्षेप गरेर ओली सरकार सर्वसत्तावादी बाटोमा हिड्न खोजिरहेको आरोप कांग्रेसले लगाएको छ। केहि दिन अघि मात्र नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा पर्दशन गरेको थियो ।
अहिलेको सरकार भष्ट्रचारमा लिप्त भएको र यो सरकार देशको हितभन्दा पनि पार्टीकेन्द्री भएको भनेर कांग्रेसले ओली सरकारलाई आरोप लगाउदै आएको छ।
परिषद् बैठकले गरेका कुनै पनि निर्णय मान्य नहुने र अध्यादेश फिर्ता नगरेसम्म परिषद बैठकमा कांग्रेस सहभागी नहुने कांग्रेसले बताएको छ ।