Logo
४ श्रावण २०८२, शनिबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले आन्दोलन गर्ने

 सरकारविरुद्ध राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाले आन्दोलन गर्ने भएको छ ।

सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निमित्त पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ ।

पार्टी केन्द्रीय सचिवालयको बैठकले सरकारले जनचासोका विषयमा ध्यान नदिएको भन्दै सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ ।

बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय समेत गरेको हो ।भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

 

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्