Logo
१३ बैशाख २०८१, बिहीबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता सैफ अलि खानविरुद्ध मुद्दा दायर

पछिल्लो समयमा बलिउड भित्र काण्डै काण्डले भरिएको छ भन्दा पनि फरक नर्पला किन भने जव अभिनेता शुशान्त राजपुतले आत्महत्या गरी देह त्याग गरे त्यसपछि धेरै बलिउड भित्र काण्ड नै काण्डले भरिएको छ ।

पछिल्लो समयमा बलिउड कलाकार सैफ अलि खान विरुद्ध मुद्दा दायर भएको छ । उनीमाथि युपीका एक वकिलले मुद्दा दायर गरेका छन् । सैफ र निर्देशक ओम राउतमाथि वकिलले अदालतमा मुद्दा दायर गरेका हुन् ।

मुद्दा दायर गर्ने वकिलले सैफले बयान अनुसार रामसँग रावणले युद्ध गर्न जायज थियो किनकी लक्ष्मणले उनकी बहिनीको नाक काटिदिएका थिए ।

सीताको अपहरण गरेर रावणले ठिक गरेका थिए भनेर भ्रम फैलन सक्छ र भ्रम फैलन नदिनलाई आफुले मुद्दा दायर गरेको बताएका छन् । उनले सैफ अलिको यस्तो बयानले सनातन धर्मप्रति मानिसहरुको आस्थामा ठेस पुग्ने बताए ।

उनले आउदै गरेको फिल्म ‘आदिपुरष’ मा पौराणिक चरित्र रावणलाई लिएर उनले गरेको टिप्पणीले सामाजिक सञ्जालमा हलचल मच्चिएको थियो ।

त्यस विषयमा सैफले माफि मागेर मानिसहरुको रिस शान्त बनाएका थिए । तर, फेरी उनीहरुले सैफले धार्मिक भावनामा चोट पुर्‍याएको बताएका छन् ।

उनको नाममा मुद्दा दायर गरेपछि मानिसहरुले फेरी आक्रोश पोखिरहेका छन् । सैफलाई सामाजिक सञ्जालमा केहीले त सिकार समेत बनाएका छन् ।

सैफ अलि खानले भनेका थिए, ‘एक बयानमा फिल्ममा रावण मानवीय पक्ष देखाइनेछ ।’ त्यसपछि मानिसहरु आक्रोसित भएका थिए । उनले माफि मागेर शान्त बनाएका थिए ।

युपीको जौनपुर जिल्लामा वकील हिमांशु श्रीवास्तवद्धारा मुद्दा दायर भएपछि मानिसहरु पुन आक्रोसित भएका छन् । मुद्दाको सुनुवार्ए अदालतमा २३ डिसेम्बरमा हुनेछ ।

फिल्म ‘आदिपुरुष’ महाकाव्य रामायणको एक अनस्क्रिन रुपान्तरण हो जसमा बाहुबलीका कलाकार प्रभास भगवान रामको भुमिकामा र सैफ लंकेशको रुपमा देखिदैछन् ।एजेन्सी

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्