Logo
१३ बैशाख २०८१, बिहीबार
(December 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ यान चन्द्रमाबाट माटो र ढुंगा लिएर पृथ्वीमा फर्कियो

चीनको अन्तरिक्षयान च्याङ्ग’इ-५ को कार्गो सफलता पूर्वक चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार पृथ्वीमा फर्किएको छ ।

चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सीका अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको हो ।चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।

चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो । तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनको नाम थपिएको छ । यसअघि अहिलेसम्म अमेरिका र रुसले मात्रै यस्तो गर्न सकेका थिए ।

यो अभियान सफल भएसँगै चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल भएको छ ।

प्रकाशित मिति: Dec 17, 2020

प्रतिक्रिया दिनुहोस्