Logo
१३ बैशाख २०८१, बिहीबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेत्री दीपिका २०२१ मा बक्स अफिसमा धमाका मचाउँदै, रिलिज हुँदै यी ५ चलचित्र

बलिउड अभिनेत्री दीपिका पादुकोण बलिउड बजारमा एक सफल र चर्चीत अभिनेत्रीको रुपमा चिचिने गर्छीन् । उनले अहिलेसम्म आफ्नो उत्कृष्ट अभिनयका साथ दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेकी छिन् ।

आफ्नो भूमिकालाई सानदार रुपमा प्रस्तुत गर्नु नै उनको सफलता र बढ्दो फ्यान फलोअर्सको रहस्य हो ।दीपिकाले २०२१ मा पनि पनि  आफ्ना प्रशंसकलाई भरपूर मनोरञ्जन दिन आउने भएकी छिन् ।

किन भने सन् २०२१ मा दीपिकाका ५ महत्त्वपूर्ण चलचित्र रिलिज हुँदै छन् । आज हामी तपाईलाई उनका रिलिज हुने चलचित्रको बारेमा जानकारी दिन गइरहेका छौ-

1.पठान
यस चलचित्रमा दीपिका अभिनेता शाहरुख खानसँग देखिँदै छिन् । यसअघि यो जोडीलाई ‘चेन्नई एक्सप्रेस’मा देखिएको थियो र दर्शकले उनीहरुको केमेस्ट्री मन पनि पराए । चलचित्रको एक्सन सिक्वेन्समा शाहरुखका साथै दीपिका पनि हुनेछिन् ।

2.शकुन बत्राको आगामी चलचित्र
यस चलचित्रमा दीपिका सिद्धान्त चतुर्वेदी र अनन्या पान्डेसँगै देखिनेछिन् । छायांकनको क्रममा उनीहरुले राम्रो समय बिताएका छन्, जसको झलक सामाजिक सञ्जालमार्फत बारम्बार देखापरिरहे । यस चलचित्रका लागि दर्शक उत्साहित छन् ।

3.महाभारत
यसमा अभिनेत्री दीपिका द्रोपदीको भूमिका निभाउँदै छिन् । यो चलचित्र पनि अहिले पोस्ट(प्रोडक्सनमा छ । द्रोपदीको भूमिकामा दीपिकालाई हेर्न उनका प्रशंसकहरु साँच्चै उत्साहित छन् ।

4.द इन्टर्न
दीपिका अहिले यस चलचित्रको पोस्ट(प्रोडक्सनमा व्यस्त छिन् । यसको ओरिजिनल चलचित्रमा रोबर्ट डी नीरो र ऐनी हैथवेले अभिनय गरेका थिए । रोबर्ट डी नीरोको भूमिका पहिले दिवंगत अभिनेता ऋषि कपुरले निभाएका थिए ।

5. नाग अश्विनको आगामी चलचित्र
मल्टिस्टारर रहने यस चलचित्रमा दीपिकाका साथै अमिताभ बच्चन, प्रभास पनि देखिँदै छन् । यो स्काई(फाईमा आधारित रहनेछ ।

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्