Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजा जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

यसअघि प्रधानमन्त्री एवम् परिषद् अध्यक्ष सहित ५ जना उपस्थित हुनुपर्ने प्रावधान रहेकोमा संशोधन गरी प्रधानमन्त्रीसहित ३ जना उपस्थित भए पुग्ने प्रावधान राखिएको छ।

अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरे लगत्तै प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा सम्मिलित परिषद् बैठक बसेको थियो ।

 

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्