Logo
७ बैशाख २०८१, शुक्रबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेशमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढ्यो, जनजीवन कष्टकर

सप्तरीसहित तराई-मधेशमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन/चार दिनदेखि मौसममा एक्कासी परिर्वतन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो ।

मङ्सिरको अन्तिम सातादेखि प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्यधिक जाडो बढेको हनुमानगर कङ्कालनी नगरपालिकाकी वृद्धा कलमवतीदेवी बडियैत यादवले बताए ।

चिसो छल्न सर्वसाधारण चोक चोकमा आगो बालेर बसेका छन् । पूर्व-पश्चिम राजमार्गको सडक तथा सहायक राजमार्गको सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समस्या हुन थालेको चालक सदानन्द यादवले बताए ।

आजभोलि दिउँसो राम्रोसँग घाम नलाग्ने हुँदा चिसोबाट बच्ने उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणलाई सूचना प्रकाशित गरी आग्रह गरेको छ ।

शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ ।

“दिनभरि मजदूरी गरेर दुई छाक टार्न समस्या भएको बेला कहाँबाट न्यानो लुगा खरिद गर्नु रु’, डोम जातीका अगुवा युक्ति मरिकले भने, “सप्तरीमा हामी जस्ता हजारौलाई न्यानो लुगाको खाँचो छ, हावा छेक्ने घर छैन ।” शीतलहरकै कारण आफू जस्ता कमजोर आर्थिक स्रोतका जनता अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्