Logo
८ बैशाख २०८१, शनिबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारलाई कांग्रेस र राजावादीहरुको प्रदर्शनले कुनै असर पर्दैन् : रामबहादुर थापा

गृहमन्त्री रामबहादुर थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजावादीहरुले गर्ने प्रदर्शनले सरकारलाई कुनै असर नपर्ने दावी गरेका छन् ।

मन्त्री थापाले आज भरतपुर विमानस्थलमा प्रेस संगठन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामो समयको आन्दोलनपछि स्थापित लोकतान्त्रिक व्यवस्था सडकमा आन्दोलन गरेकै भरमा परिवर्तन नहुने बताए ।

यो समयमा व्यवस्था परिवतर्नको माग गर्नेहरुको सपना कुनै पनि हालतमा पूरा नहुने मन्त्री थापाले बताएका छन् । उनले आन्दोलनमा कुनै योगदान नदिएका संगठनहरुले सडकमा प्रदर्शन गरेकै भरमा लोकतन्त्रको विकल्प सोच्न नसकिने बताएका हुन् ।

सरकारले राजावादी र विप्लव समूहलाई गणतन्त्र विरोधी नमानेको गृहमन्त्री थापाले तर्क गरेका छन् ।

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्