Logo
८ बैशाख २०८१, शनिबार
(December 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

प्रदेश नं १ स्थित मोरङमा शिक्षकको गोली हानी हत्या गरिएको छ ।

मंगलबार बिहान मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको प्रहरीले जनाएको छ ।

बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएका थिए ।उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको खड्काले जानकारी दिए ।

मृतकका भतिज महेश श्रेष्ठले काका राजेन्द्रको हत्या भएको जानकारी प्रहरीलाई गराएका थिए ।५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।

श्रेष्ठको मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा हत्या भएको थियो । प्रहरी घटनास्थल पुग्दै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Dec 8, 2020

प्रतिक्रिया दिनुहोस्