Logo
११ बैशाख २०८१, मंगलबार
(December 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित हाँस्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्दै

नेपालका चर्चित हाँस्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने भएका छन्।

हास्य कलाकार गजुरेल र मीना ढकालले ३ बर्ष अघि सहमतिमै सम्बन्ध विच्छेद गरेका थिए।  गजुरेलले एपिवान टेलिभिजनको कार्यक्रम ‘तमसो मा ज्योतिर्गमय’मा  आफ्नो दोस्रो विवाहको ए आफूले बिहे गर्न लागेको कुरा सार्वजनिक गरेका हुन।

कोरोनाका कारण गम्भीर बिरामी बनेका कलाकार गजुरेल केही दिन अघि मात्र निको भएर घर फर्केका थिए।

कलाकार गजुरेलले भनेका छन, ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिदै छौं।’

दोस्रो विवाह गर्न लागेको बताए पनि को सँग बिहे गर्न लागेको भन्नेबारे उनले नाम भने खुलाएनन्।चाँडै नै बिहे हुने गजुरेलले बताएका छन्।

श्रीमती ढकालको इच्छाअनुसार नै गजुरेल डिभोर्स गर्न सहमत भएका थिए। २२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै कलाकार गजुरेल र फेसन डिजाइनर रहेकी ढकाल हाल अलग अलग बस्दै आएका छन्।

उनीहरुका २३ वर्षका एक छोरा र १६ वर्षकी छोरी छन्। अहिले मीना आफ्नी छोरीसँग बस्छिन् भने मनोज छोरासँग छन्।

 

प्रकाशित मिति: Dec 7, 2020

प्रतिक्रिया दिनुहोस्