Logo
१३ बैशाख २०८१, बिहीबार
(December 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, ४ घाइते

 

सुदूरपश्चिम प्रदेश स्थित डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

भिरबाट करिब २०० मिटर तल दुर्घटना भएका कारण मृतक र घाइतेहरूको विवरण तयार हुन सकेको छैन । घाइतेको उद्धार र मृतकको सब सङ्कलनको कार्य जारी रहेको छ । घाइतेहरूको स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी मिलेर उद्धार गरिएको छ ।

दिपायलबाट चवराचौताराका लागी हिँडेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी र उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राविधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिएका छन्।

मृतक मञ्जु त्रिपाठीका तीन वर्षीय छोराको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घाइते हुनेहरूमा ग्लोबल आईएमई बैङ्कमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यमिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम घाइते भएका छन् ।

दिपायलबाट खत्याडीका लागी हिनेको जिप दुर्घटना भएको हो । घाइतेहरूलाई दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिएका छन् ।

दुर्घटना स्थलमा ईन्सपेक्टरको नेतृत्वको टोली घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: Dec 6, 2020

प्रतिक्रिया दिनुहोस्