Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएको कोरिया जाने प्रक्रिया छिट्टै सुरु हुँदै, रोस्टरको अवधि पुनः ६ महिना थपिने

कोरोनाका कारण कोरिया जानेहरुको रोकिएको प्रक्रिया अब छिट्टै  सुरु हुने भएको छ ।

कोरोनाका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको हो ।

त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला ६ महिना थप्ने निर्णय पनि भएको छ

कोरोनाका कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो

कोरिया लैजान रोकिएको प्रक्रिया छिट्टै सुरु गर्ने तयारी भएको जानकारी त्यहाँको श्रम मन्त्रालयले गराएको प्रवासी श्रमिक युनियन एमटीयूका अध्यक्ष उदय राईले बताएका छन् ।

प्रवासी श्रमिक युनियन एमटीयू र केसीटीयूले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा ईपीएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा बुधबार छलफल गरेका छन् ।

छलफलपश्चात् छ महिना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटियु अध्यक्ष उदय राईले बताए ।

छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्च महिनादेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महिनादेखि कम्बोडियाबाट ल्याउन शुरु गरिएको बताए ।

 

 

सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन् ।

प्रकाशित मिति: Dec 3, 2020

प्रतिक्रिया दिनुहोस्