Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईले मम धेरै खानु हुन्छ ? सावधान ! जान्नुहोस् यसका बेफाइदा

अहिले जाडोको मौसम चलिरहेको छ । यस्तो बेला प्राय यो समयमा शहरी क्षेत्रमा बसोबास गर्नेहरु धेरैको रोजाई खाजाको लागि मम पर्ने गर्छ ।

पहिला यो ममलााई चाइनिज खाना भन्ने गरिन्थ्यो तर अहिले मम नेपालीहरू माझ लोकप्रिय खाजा बनीसकेको छ । अहिले आम नेपाली खाजाँ खान गयो भने के खाने भन्दा पहिला सबैको मुखबाट निस्कने शब्दनै मम हो ।

मम छिटो मिठो भएकाले पनि मानिसहरूको रोजाईमा पर्ने गरेको हो । तर जति हेर्दा र खादाँ स्वादिलो हुने गछ त्यति स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन ।

चिकित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने रक्तचापको समस्या हुनसक्छ ।’रक्तचापको परीक्षण १२०/ ८० एमएमएचजीका आधारमा गरिन्छ ।

यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर ।

चिकित्सकहरूका अनुसार वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६०/८० हुन सक्छ । अत्यधिक फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ ।

युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।

अहिले २० देखि ४० वर्षको उमेरका मानिस उच्च रक्तचापको समस्याबाट पीडित छन् ।उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ ।

मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने
सम्भावना हुन्छ ।

रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ ।

स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।एजेन्सी

 

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्