Logo
८ बैशाख २०८१, शनिबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योग बाणिज्य महासंघका नव निवार्चित पदाधिकारीलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा उनले बजेट र मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताए ।

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै द्धिविधा नराख्न आग्रह गर्दै उनले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए । “रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोत्साही र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन,” उनले भने ।

कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै उनले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने पनि बताए । “निरन्तर संवाद र छलफलमा रहिरहन्छौं । सुझाव सुन्छौं । मिलेर काम गर्छौँ,” उनले भने । उनले निजी क्षेत्रले दिने सुझावबारे विषयगतरुपमा समेत छलफल गर्ने भन्दै व्यवहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन आग्रह पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए । सो अवसरमा मन्त्री पौडेलले महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्