Logo
१३ बैशाख २०८१, बिहीबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँमा पुल उद्घाटन गर्न पुगेका कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

गण्डकी प्रदेश स्थित तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वरिष्ठ नेता पौडेललाई तनहुँको व्यास नगरपालिका १ तालघरेबाट प्रहरीले नियन्त्रणमा लिएको हो । तालघरे र दुम्सी जोड्ने पुलको कांग्रेस वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।

तर, प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेकपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले पौडेलले बुल्दीखोला पुल उद्घाटन गर्ने कार्यक्रम बिथोल्न मोटरसाइकल र्याली नै गरेका थिए । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरिएको तनहुँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले जानकारी दिए ।

यसअघि मंगलबार तनहुँको ब्यास नगरपालिका र रिसिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनाइएको पुलको उद्घाटन गर्दा पनि नेकपा तनहुँले नेता पौडेलको विरोध गरेको थियो ।

प्रहरीले बल प्रयोग गरेर आफूलाई नियन्त्रणमा लिएको भन्दै नेता पौडेलले कार्यकर्तामाथिको दमन बन्द गर्न माग गरेका छन् ।

‘भर्खर प्रहरी परिचालन गरेर मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु’, पौडेलले भनेका छन्, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !’

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्