Logo
८ बैशाख २०८१, शनिबार
(December 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालयको बैठक निर्धारित समयभन्दा एक घण्टा पर सर्‍यो

नेकपाको सचिवालय बैठक निर्धारित समयभन्दा एक घण्टा पर सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक २ बजे बस्ने गरी सारिएको छ ।

आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित हुने छन् । प्रधानमन्त्री ओली लगायत नेताहरूको कार्य व्यस्तताका कारण बैठक एक घण्टा पर सारिएको नेकपा स्रोतले जानकारी दिएको छ ।

मङ्गलवारको बैठकमा छलफलका क्रममा आजको बैठकमा प्रधानमन्त्री ओलीले आफू नआउने जानकारी गराएका थिए । तर नआउने बारे निश्चित भइसकेको थिए ।

उनी निकटका नेताहरूसँगको छलफलपछि ओलीले आजको बैठकमा आउने सहमति जनाएका हुन् ।मङ्गलवारको बैठकमा ओलीले दस दिन सचिवालय बैठक रोक्न माग गरेका थिए ।

मंगलबारको सचिवालय तनावपूर्ण भएको थियो र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार १ बजे बैठक बस्ने सूचना दिएका थिए ।तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘यस्तो बैठक के काम’ भन्दै उठेका थिए ।

तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए । सो क्रममा ओलीले यस्तो बैठकमा बस्नुको कुनै औचित्य नभएको बताएका थिए ।

प्रकाशित मिति: Dec 2, 2020

प्रतिक्रिया दिनुहोस्