Logo
८ बैशाख २०८१, शनिबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलियालाई मायाले तानेपछि रणवीर बसेकै अपार्टमेन्टमा किनिन् ५० करोडको फ्ल्याट!

भारतीय बलिउड अभिनेत्री आलिया भट्टले करिब ५० करोड रूपैयाँको नयाँ अपार्टमेन्ट खरिद गरेकी छिन् ।

अभिनेत्री आलिया भट्ट र रणवीर कपुरले आफ्नो सम्बन्ध गत वर्ष सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे । हाल आलिया र रणवीर कपुर प्रेम सम्बन्धकै कारण चर्चामा रहेका छन् ।

उनीहरु प्राय ठाउँमा सँगै देखिने गर्छन् । रणवीरु कपुरको बाबुको मृत्यु हुदाँ पनि उनिसँगै नै गएकि थिइन् ।अब यी दुईको मनले मात्रै निकट छैनन्।

बलिउड हंगामा अनुसार, आलियाले रणवीर बसेको अपार्टमेन्ट भवनमै करिब ५० करोड रूपैयाँको नयाँ फ्ल्याट किनेकी छन्।यो नयाँ घर बान्द्राको वास्तु पाली हिल कम्प्लेक्समा छ, जहाँ रणवीर ७ औं तल्लामा बस्छन् ।

खबर अनुसार, आलियाले ५ ‌औं तल्लाको फ्ल्याट लिएकी हुन्। यसको इन्टेरियर डिजाइनिङका लागि आलियाले गौरी खानसँग सल्लाह र सहकार्य गरेकी छन्।

हवन, पुजा पाठ समेत गरिसकेकी आलिया नयाँ घरमा चाडैनै सर्दैछिन् । उनले नयाँ अपार्टमेन्टमा उत्कृष्ट डिजाइनिङको लागि इन्टिरियल डिजाइनरलाई जिम्मा दिने भएकी छिन् ।

यस वर्षको लक्ष्मीपूजा आलियाले यही नयाँ घरमा गरेकी हुन्। लक्ष्मीपूजामा आलियासँगै फिल्म ‘ब्रह्मास्त्र’ का निर्माता करण जोहर, निर्देशक आयान मुखर्जी र रणवीर कपुर पनि जोडिए।

आयान मुखर्जीले निर्देशन गर्ने ‘ब्रह्मास्त्र’ आलिया र रणवीरको आगामी फिल्म हो।एजेन्सी

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्