Logo
१३ बैशाख २०८१, बिहीबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीडभाडजन्य गतिविधि सभा, जुलुस र प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको अनुरोध

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुरोध गरेको छ ।

आज मंगलबार काठमाडौँ प्रशानले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका सबै क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

पछिल्लो समयमा जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै काठमाडौँ प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ ।

भीडभाडजन्य गतिविधि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन-२०२८, र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: Dec 1, 2020

प्रतिक्रिया दिनुहोस्