Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुवै अध्यक्षले सहमतिमा पद छाडे सरकार र पार्टीको नेतृत्व लिन युवाहरु तयार छौँ : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ओली र प्रचण्ड दुवैले सहमतिका साथ नेतृत्व छाडेमा पार्टी र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेको बताएका छन् ।

रोल्पाको लाँकुरीमा बनेका सबस्टेशन उद्घाटन कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवं मन्त्री पुनले दुवै अध्यक्षले सहमतिका साथ अब पार्टी र सरकारको नेतृत्व युवा या दोस्रो पुस्तालाई दिन तयार भएमा आफूहरु नेतृत्व लिन तयार र सक्षम रहेको बताएका हुन् ।

‘दुवै अध्यक्षले सहमतिका साथ हामीलाई आह्वान गर्नुपर्यो र विधि र पद्धतिमा आधारित रहेर नेतृत्वको अवसर आएमा जिम्मेवारी पूरा गर्न हामी तयार छौँ ‘ मन्त्री पुनले भने ।

उनले नेकपाभित्रको अहिलेको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि पार्टीभित्र छलफल र बहस हुँदा यसले पार्टीलाई नै फाइदा हुने मन्त्री पुनको भनाइ छ ।

बहस हुँदैमा पार्टी फुट्ने या सरकार विघटन हुने चिन्ता लिनु नपर्ने भन्दै मन्त्री पुनले अहिले उठेका बहसलाई निष्कर्षमा पुर्याएर पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री पुनले रोल्पा नगरपालिका वडा नम्बर ३ मा ३१र११ केभीको सबस्टेशन उद्घाटन गरेका छन् । यो सबस्टेशन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुने छ ।

प्रकाशित मिति: Nov 30, 2020

प्रतिक्रिया दिनुहोस्