Logo
१५ चैत्र २०८०, बिहीबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाद्वारा चिनियाँ रक्षामन्त्रीलाई ‘गार्ड अफ अनर’ प्रदान

नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आएका चीनका रक्षामन्त्री वेई फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा चिनियाँ रक्षामन्त्री वेईलाई सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको हो। रक्षा मन्त्री वेई चिनियाँ राजदूतावासको कार्यक्रम सकेर सैनिक मुख्यालय पुगेका हुन्।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले वेईले जंगी अड्डाको निरीक्षण गरेको पनि जानकारी दिए। त्यसलगतै वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्वीपक्षीय भेटवार्ता गर्ने सैनिक मुख्लायले जनाएको छ।

दुई जना बीचमा दुई पक्षीय सुरक्षा सहयोग, सहकार्य र अभ्यासहरुको विषयमा कुरा हुने बताइएको छ।

जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुग्ने छन्। प्रधाानमन्त्री केपी शर्मा ओलीसँग दुई पक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति कार्यलयबाट सिधै त्रिभुवन विमानस्थलमा पुगेर चिनियाँ रक्षामन्त्री वेईको नेपालको एक दिने भ्रमण सकिने छ ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्