Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर १ हजार २५५ कोरोना संक्रमित थपिए, २५ जनाको मृत्यु

सांकेतिक तस्विर

नेपालमा आज थप १ हजार २५५ जना कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जना कोरोनामुक्त भएका छन्।

योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ। आज देशभर १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म १ हजार ४७९ जना संक्रमितको मृत्यु भइसकेको छ।

आज ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्