Logo
१३ बैशाख २०८१, बिहीबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ : वामदेव गौतम

नेकपाका उपाध्यक्ष वामदेव गौतमले महासचिवले पार्टी बैठकबारे व्यवस्थापन गर्न नजानेकाले पार्टीभित्र समस्या उत्पन्न भएको बताएका छन् ।

नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बामदेव गौतमले पार्टीको विधान बमोजिम बैठक बस्नुपर्ने र बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्ष अधिकार नभएको धारणा राखेका छन् ।

आइतबार विहान आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै गौतमले बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ ।

पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ ।

उनले महासचिब विष्णु पौडेलतर्फ इङ्गित गर्दै अगाडि भनेका छन् , ‘यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।’

मंसिर १३ गते सम्पन्न सचिवालय बैठकमा आफूलाई लागेको कुरा खुला-खुलस्त, बिनालप्पन-छप्पन, मौखिक–लिखित रुपमा विचार राख्ने दुवै अध्यक्षलाई धन्यवाद पनि ब्यक्त गरेका छन् ।

उपाध्यक्ष गौतमले पार्टी बाहिर छरिएका हाम्रा विचारहरु पार्टीमा भित्रिएकाले अब चाहेमा समस्या समाधान गर्न सकिने धारणा पनि राखेका छन् । उनले आफ्नो धारणा पत्रमा भनेका छन्, ‘पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ । यो वैठक वस्ने वातावरण बनाउन जो-जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ ।’

उपाध्यक्ष क. वामदेव गौतमको धारणा

मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ ।

बैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु ।
पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ ।

यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक बस्न छलफल गर्न सुरु गर्दा साथ पार्टीको पुनर्जीवन सुरु भइहाल्छ । यो बैठक बस्ने वातावरण बनाउन जो-जसले मिहिनेत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला-खुलस्त, बिना लप्पन-छप्पन, मौखिक-लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।

बैठक बस्दा दुवै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सबन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।

सञ्चारकर्मी मित्रहरु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मिति २०७७ मंसिर १३ गते सम्पन्न सचिवालय बैठकमा पार्टीका उपाध्यक्ष क.वामदेव गौतमले निम्नअनुसारको धारणा प्रस्तुत गर्नुभएको व्यहोरा सूचित गरिन्छ ।
विश्वमणि सुवेदी
क. वामदेव गौतमको प्रेस संयोजक
मिति- २०७७।०८।१४

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्