Logo
८ बैशाख २०८१, शनिबार
(November 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल-तानसेन सडक आजदेखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द

लुम्बिनी प्रदेश अन्तरगत रहेको सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड आज देखि पाँच दिनसम्म दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको छ ।

सडक डिभिजनका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म राजमार्गमा सवारी आवागमन बन्द हुने भएको छ ।

राजमार्गको झुम्सा-दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

 

 

प्रकाशित मिति: Nov 29, 2020

प्रतिक्रिया दिनुहोस्