Logo
१३ बैशाख २०८१, बिहीबार
(November 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन रोक्न हुँदैन हाच्छिउँ? जान्नुहोस् कारण र रोचक तथ्य !

हामी सबैलाई सामान्यतया बेलाबेलामा हाच्छिउँ आईनै रहन्छ । तर कुनै अवस्थामा मानिसहरु बिभिन्न कारणले गर्दा हाच्छिउँ लाई रोक्न बाध्य भएका हुन्छन् ।

तर हाच्छिउँ रोक्ने हाम्रो बानी स्वास्थ्यका लागि एकदमै हानिकारक मान्ने गरिन्छ । मानिसको लागि कहिले काहिँ हाच्छिउँ रोक्नु प्राणघातक हुन सक्दछ ।

हामीले कहिलेकाहीँ हाच्छिउँलाई रोक्न खोज्दा हाम्रो कान र मस्तिष्कमा ठूलो असर पर्न सक्छ । त्यसले डाक्टरहरुले हाच्छिउँलाई रोक्नु मानव स्वास्थ्यका लागि एकदमै हानिकारक भएको बताउने गरेका छन् ।

कहिलेकाही हामीले हाच्छिउँलाई खोज्दा कानको जालीमा असर परेर कानमा समस्या आउन सक्छ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ।

त्यसैले डाक्टरहरु हाच्छिउँलाई कहिलै रोक्न नहुने बताउने गर्छन् । आज हामी तपाईलाई हाच्छिउँसग जोडिएका एक रोचक तथ्यको जानकरी दिन गएका छौ ।

हाच्छिउँ गर्दाका रोचक कुरा

1. हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्दछ।

2 . हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्दछ ।

3. हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्दछ।

4. हाच्छिउँ गर्दा शरीरको सिस्टम रि स्टार्ट हुन्छ र शरीरमा स्फुर्ति ल्याउँछ।

5. धुवाँ, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्दछ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

6. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।

7. हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्दछ ।एजेन्सी

 

प्रकाशित मिति: Nov 27, 2020

प्रतिक्रिया दिनुहोस्