Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर १६१४ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

नेपालमा आज थप १ हजार ६१४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

आज देशभर १६ हजार ७९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

२४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।

प्रकाशित मिति: Nov 26, 2020

प्रतिक्रिया दिनुहोस्