Logo
६ बैशाख २०८१, बिहीबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महोत्तरीको बर्दिवासमा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाउने

प्रदेश नं २ महोत्तरीको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

६ वर्षीया बालिकाको हत्यापछि मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्युपछि स्थानीयले बुधबार पनिआन्दोलन गर्नथालेपछि महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

मंगलबार प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा केही घाइते भएका थिए । घाइतेमध्ये बर्दिवास नगरपालिका-१ बस्ने ४० वर्षीय बुद्धिराज न्यौपानेको बुधबार उपचारका क्रममा ग्रान्डी अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

न्यौपानेको मृत्यु भएपछि स्थानीय झन आक्रोशित भएका छन् । गोली चलाउने प्रहरीमाथि कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले बुधबार बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

आज बिहान ९ बजेदेखि भोलि (बिहीबार) बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीले दिएका छन् ।

निषेधाज्ञा जारी भएको क्षेत्र मा ५ जनाभन्दा बढी भेला हुन  नपाउने भएको छ । पूर्व पश्चिम राजमार्ग भने सुचारू रहने प्रमुख जिल्ला अधिकारी जानकारी दिए।

आइतबार साँझदेखि हराएकी बर्दिबास-१४ का शहील आलमकी छोरी गुलाबको हत्या भएको थियो। गुलाबको शव हत्या गरेर बोरामा फालेको अवस्थामा सोमबार राति भेटिएको थियो ।

हत्या आरोपमा अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । साहले बालिकाको हत्या गरेको स्वीकारेका छन् । यसअघि वैशाखमा भएको हत्यामा पक्राउ परेका साह एक लाख धरौटीमा छुटेका थिए ।

स्थानीयले साहको घरमा आगजनी समेत गरेका छन् ।

 

 

प्रकाशित मिति: Nov 25, 2020

प्रतिक्रिया दिनुहोस्