Logo
१२ बैशाख २०८१, बुधबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ६ घाइते

सुदूरपश्चिम प्रदेश स्थित बैतडीको झुलाघाटमा जीप दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै  मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् । मंगलबार १ बजे झुलाघटबाट बैतडी सदरमुकाम आउँदै गरेको ना १ ज २१९६ नम्बर जिप बुड्डाको झाल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा कलावति चन्द, भगिरथ पाण्डेय, पार्वतीदेवी चन्द, सोही नामकी अर्की पार्वती चन्द र कृष्ण लावडरहेका प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि घाईते हुनेमा रविन्द्र चन्द, प्रदिप लावड, खगेन्द्र जोशी, कृष्णानन्द भट्ट र अर्का दुई जना गरि ६ जना घाइते भएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्