Logo
१२ बैशाख २०८१, बुधबार
(November 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ वर्षीया बालिकाको हत्या पछि पक्राउ परेका व्यक्तिको घरमा स्थानीयद्वारा आगजनी

प्रदेश नं २ स्थित महोत्तरीमा ६ वर्षीया बालिका हत्याको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयबासीले तोडफोडसँगै आगजनी गरेका छन् ।

बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला-५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिबास-१४ स्थित घरमा स्थानीयबासीले तोडफोडसँगै आगजनी गरेका हुन् ।

६ वर्षीया बालिकाको शव बोरामा राखेर फालेको अवस्थामा फेला परेपछि हत्याको आरोपमा पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ ।

पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाटे नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साहले आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए।आइतबार साँझदेखि बेपत्ता ६ वार्षीया बर्दिबास नगरपालिका-१४ की ६ वर्षीया बालिका गुलाब खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो ।

६ वर्षीया बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति: Nov 24, 2020

प्रतिक्रिया दिनुहोस्