Logo
१३ बैशाख २०८१, बिहीबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाडोमा कम पानी पिउँदा पनि किन धेरै पिसाब लाग्ने गर्छ ? यस्तो छ कारण

काठमाडौं लगायत अन्य क्षेत्रमा चिसो बढ्दो क्रममा छ । यस मौसममा न्यानो कपडा लगाएर चिसोबाट बच्न सक्नुहुन्छ । जाडोमा पानी पिउन निकै गाह्रो हुने गर्छ । तपाईंले पनि महशुस गर्नु भएको होला जाडोमा कम पानी पिउँदा पनि धेरै पिसाब लाग्ने गर्छ । के हुनसक्छ त यसको कारण, हामी तपाईंलाई बताउँछौं ।

जाडो महिनामा अन्य मौसमको तुलनामा बढि पिसाब आउँदछ । यो तपाईंको सोच मात्र नभएर वास्तविकता पनि हो र यसको पछाडि वैज्ञानिक कारण पनि छ ।

यो एक घटना हो जुन प्रायः जसो व्यक्तिहरुमा हुने गर्दछ र यो प्रकृतिसँग कसरी सम्बन्धित छ जुन हाम्रो शारीरिक संरचनालाई असर गर्दछ । यो मनोवैज्ञानिक प्रतिक्रियाको एक प्रकार हो, चिसोका कारणले तपाईंलाई धेरै पिसाब लाग्ने हुन्छ ।

जाडोमा धेरै पिसाब लाग्नुको कारण यो हो कि हाम्रो शरीर ३६ देखि ३७ डिग्री सेल्सियस आसपासको तापमानमा रहेको हुन्छ । जब जाडो बढ्दै जान्छ हाम्रो शरीर काम्न थाल्छ जसको कारणले शरीरको धमनीहरु अर्थात रक्त नलीहरु संकुचित हुन थाल्छ । शरीरको अंगहरुमा रगत प्रवाह बढ्दछ र रक्तचाप पनि बढ्दछ । यो रगत प्रवाह मृगौलामा पनि बढ्दछ ।

मृगौलालाई धेरै काम गर्नुपर्ने हुन्छ

यस समयमा, मृगौलाले अन्य समयको तुलनामा धेरै काम गर्नुपर्ने हुन्छ, यसको कारणले पिसाबको मात्रामा बृद्धि हुन्छ र बरम्बार पिसाब आउँदछ । यति मात्र होईन, बारम्बार पिसाब मार्फत तपाईंको शरीरले पनि आन्तिरिक तातो राख्ने कोशिस गर्दछ ।

हाइपोथर्मियाको संकेत हुनसक्छ

चिकित्सकका अनुसार यसमा आत्तिनु पर्ने कहि छैन । चिसो र चिसोबाट तपाईंलाई बचाउँन यो अर्को तरिका हो । यद्यपि जाडो मौसममा अत्याधिक पिसाब लाग्नु पनि हाइपोथर्मियाको संकेत गर्दछ । यस्तो अवस्थामा यदि तपाईंलाई पिसाबका साथै काम्ने, स्वाँस फेर्न गाह्रो भएको छ भने तरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोला ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्