Logo
१५ चैत्र २०८०, बिहीबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदूत याङ्छीबीच आधा घण्टा भेटवार्ता

पछिल्लो समयमा नेकपा भित्र आन्तरिक विवाद चर्कीएको अवस्थामा आज नेकपा अध्यक्ष पुष्पकमल दाहल र नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीबीच भेटबार्ता भएको छ ।

पछिल्लो समयमा नेकपा भित्र आन्तरिक विवाद बढेसँगै नेपालका लागि चीनियाँ राजदूत हाउ याङ्छीको सक्रियता पनि बढेको छ ।

केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेकी छन् ।

प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार प्रचण्ड निवास खुमलटार पुगेकी थिइन् । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा छलफल भएको स्रोतले बताएको छ ।

भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उनीहरुबीच नेकपाको आन्तरिक विवाद र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ ।

चिनियाँ रक्षामन्त्री वइफेङ्हे यही मंसिर १४ मा नेपाल भ्रमणमा आउँदै छन् ।

प्रकाशित मिति: Nov 23, 2020

प्रतिक्रिया दिनुहोस्