Logo
८ बैशाख २०८१, शनिबार
(November 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारले भैसीसँग अन्तरर्वाता लिएपछि…!

यो संसार पनि विचित्रको रहेको छ । यो संसार प्रमेश्वले सृष्टि गर्नु हुदा धेरै विभिधता बनाउनु भएको छ । त्यही अनुसार मानिसले क्रियाकलाप विकास गरेको पाइन्छ ।

कोहिले सामान्य तरिकाको व्यवहार गर्दछन् भने कोहीले अलि मानिसलाई सुन्दा पनि आश्चार्य लाग्दो कुरा गर्ने गर्छन् हामीलाई कतिपय कुरा सुनेर पत्याउनै गाह्रो हुने गर्छ ।

यस संसारमा पनि कसैले कुकुरसँग विवाह गर्छन् भने कोहीले मरेको लाससँग, कोहीले भूतसँग विवाह गर्ने गर्छन् । हामी सबैले आजसम्म मानिसको मात्र अन्तरवार्ता लिएको देखेका र सुनेका छौ ।

अरुको भन्दा भिन्न काम गरेर सबैलाई आश्चार्य बनाइरहेका हुन्छन् विश्वमा धेरै घटनाले आज हामी तपाईलाई भैसीसँग अन्तरर्वाता लिएको एक अनौठो घटनाको बारेमा जानकारी दिन गइरहेका छौँ ।

यो घटना पाकिस्तानको हो । तर एक पत्रकारले भैसीसँग लिएको अन्तरर्वाताको निकै चर्चा भएको छ ।
पाकिस्तानका एक पत्रकारले एउटा भिडियोमा भैसीसँग अन्तरर्वाता लिएको देखिन्छ । यो च्यानल पाकिस्तानको लोकप्रिय मध्येमा पर्छ ।

पाकिस्तानका लोकप्रिय न्युज च्यानल जी टिभी का संवाददाता अमीन हफीजले यस्तो अनौठो काम गरेका हुन् । उनले भिडियो मार्फत भैसीलाई प्रश्न सोध्दा भैसीले के जवाफ दिन्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

संवाददाताले भैसीलाई माइक नजिक राखेर पुलको सिढी चढ्न र ओर्लन सजिलो भयो वा मुस्किल सोधेका थिए ।

यसको जवाफ दिन कोशिश गर्दै भैसीले टाउको हल्लाएर सिढी चढ्नु र ओर्लनु सजिलो नभएर धेरै मुस्किलको काम भएको जानकारी बताइएको छ ।

वास्तवमा सडक पार गर्नलाई मानिसहरुको सुविधाको लागि लाहौरमा आकाशे पुल बनाइएको थियो । तर, पुलमा जनावर पनि चढ्न थालेका थिए ।

गाई र भैसीले पुल चढ्न र ओर्लन सिकेर पुलको प्रयोग गर्न थालेका थिए । यसै विषयमा संवाददाता अमीनले एक रिपोर्ट तयार गरेका हुन् । एजेन्सी

 

प्रकाशित मिति: Nov 20, 2020

प्रतिक्रिया दिनुहोस्