Logo
१२ बैशाख २०८१, बुधबार
(November 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नीतिश कुमारले आज सातौं पटक बिहारका मुख्यमन्त्रीको शपथ लिँदै

छिमेकी देश भारतको राज्य बिहारमा नीतिश कुमारले आज सातौं पटक मुख्यमन्त्रीको शपथ लिँदैछन्।

राजभवनमा दिउँसो साढे ४ बजे जनता दल युनाइटेड अध्यक्ष नीतिशले कुमारले शपथ लिनेछन्। नीतिशसँगै गठबन्धन दलहरूबाट करिब १२ जनाले समेत मन्त्री पदको शपथ लिन सक्ने बताइएको छ।

एक हप्ताअघि सम्पन्न विधानसभा निर्वाचनमा जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धनले बहुमत हासिल गरेपछि नीतिश फेरि विहारका मुख्यमन्त्री बनेका हुन्।

गठबन्धनले विधानसभाको २४३ सिटमध्ये १२५ सिट जितेको थियो।

प्रकाशित मिति: Nov 16, 2020

प्रतिक्रिया दिनुहोस्