Logo
१२ बैशाख २०८१, बुधबार
(November 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् यस्तो मन्दिर जहाँ भगवानको नभई बुलेट बाइकको पूजा हुन्छ !

यो संसार पनि सारै अनौठो किसिमको रहेको छ । हामीलाई कति कुरा सुन्दा पनि पत्याउनै घारो हुन्छ तर यर्थाथमा त्यस्तै गरिहेका हुन्छन् ।

यो संसारमा धेरै खाले मानिस बस्ने गर्छन् र उनिहरुले धेरै प्रकारको संस्कार विकास गरिरहेका हुन्छन् त्यसकारण यो संसार एक खुलामैदान र रंगमञ्च भन्दा फरक नर्पला ! अझ बढी त धर्मको विषयमा त प्रत्येक मानिसको फरकफरक नितिनियम हुन्छन् त्यही अनुसार कार्यहरु गर्ने पुजा गर्ने गर्छन् ।

हामी सबैलाई सोध्यो भने मन्दिरमा कसको पूजा हुन्छ भनेर एउटै उतर आउने गर्छ भगवानको तर, केही मन्दिर यस्ता पनि हुन्छन्, जहाँ भगवानको नभइ मोटरसाइकलको पूजा हुन्छ ।

यस्तो मन्दिर भारतीय राज्य राजस्थानमा छ । जहाँ रोयल इन्फिल्ड कम्पनीको बुलेट ३५० मोटरसाइकलको भगवान मानिन्छ । बुलेटको पूजा गरिन्छ, आफूले चाहेको कुरा मागिन्छ ।

स्थानीयहरु बुलेट बाइकको पूजा गरे मनोकामना पूरा हुने विश्वास पनि गर्छन् ।राजस्थानको जोधपुरदेखि लगभग ५० किलोमिटरको दुरीमा रहेको यो मन्दिर ओम बन्ना धाम अर्थात् ‘बुलेट बाबाको मन्दिर’का नामले चर्चित छ ।

यो मन्दिरमा विशेष गरी बाइक राइडरहरु पूजा गर्नका लागि पुग्ने गर्छन् । बाइकराइडरहरु सुरक्षित यात्राका लागि कामना गर्न त्यो मन्दिर पुग्छन् ।

त्यसो त अन्य सर्वसाधारण पनि आफ्नो सुरक्षा र समृद्धिको कामनाका लागि मन्दिर पुगेर पूजा गर्ने गर्छन् ।

राजस्थानको पाली शहरको नजिक चोटिला गाउँमा ठाकुर जोग सिंह राठोडले आफ्ना छोरा ओम सिंह राठोडको नाममा सो मन्दिर बनाएका हुन् ।

स्थानीय स्तरमा चलेको चर्चाअनुसार लगभग ३० वर्ष अगाडि ओम सिंहको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

दुर्घटनापछि प्रहरीले मृतकको शवसँगै दुर्घटनाग्रस्त मोटरसाइकलाई पनि आफ्नो कस्टडीमा लिएको थियो । तर, दोस्रो दिन नै बाइक प्रहरी चौकीबाट गायव भएको थियो ।

प्रहरी चौकीबाट गायव भएको बाइकको खोजी गर्दै जाँदा पुनः दुर्घटनास्थलमै भेटिएको थियो । प्रहरीले पुनः बाइकलाई प्रहरी चौकीमा ल्याएर राख्यो, तर दोस्रो दिन पनि पुनः बाइक चौकीबाट बेपत्ता भयो ।

त्यसपछि प्रहरीले सीसी क्यामरा जडान गरेर बाइक चोरी गर्ने व्यक्तिको पहिचान गर्न लाग्यो ।तर, सीसी क्यामेरामा कैद भएको दृश्यमा बाइक आफैं स्टार्ट भएर दुर्घटनास्थलमा पुग्ने गरेको देखिएको चर्चा चोटीला गाउँमा छ ।

त्यसपछि डराएर प्रहरीले उक्त बाइक मृतक ओमको परिवारलाई नै दियो । ओमको परिवारले दुर्घटनास्थलमा ‘बन्ना धाम’ निर्माण गरी उक्त बाइकलाई त्यहिँ राखिदिए । राजस्थानमा केटालाई बन्ना भनिन्छ । एजेन्सी

प्रकाशित मिति: Nov 13, 2020

प्रतिक्रिया दिनुहोस्