Logo
८ बैशाख २०८१, शनिबार
(November 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ स्थित मोरङमा पछिल्लो १२ घण्टा कोरोनाबाट पाँच जनाको मृत्यु

प्रदेश नं १ स्थित मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी पाँच जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक र मोरङको उर्लाबारीस्थित होम आइसोलसनमा एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमणबाट मृत्यु हुनेमा चार महिलासहित पाँच रहेका छन् ।नोबेल शिक्षण अस्पतालमा झापाको गौरादह-२ की ४९ वर्षीया सङ्क्रमित महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।

मृतकलाई यही कात्तिक ४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।त्यस्तै सोही अस्पतालमा सुनसरी इटहरी-३ की ४० वर्षीया महिलाको आज मृत्यु भएको छ ।

मृतकलाई यही कात्तिक २६ गते उपचारका लागि भर्ना गरिएको र सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको दाहालले बताए । मोरङको रङ्गेली नगरपालिका-८ का ५५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको छ ।

मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका थियो ।यसैगरी मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा झापाको दमक-६ की ४२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतक महिलालाई यही कात्तिक २६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको र सोही दिन पोजेटिभ देखिएको थियो ।यस्तै मोरङको उर्लाबारी–८ की ४५ वर्षीया सङ्क्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ ।

मृतक महिलालाई यही कात्तिक १५ गते कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मृतकहरुलाई, रुघा, खोकी, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र बान्ता आउनेलगायत समस्या थियो ।

प्रकाशित मिति: Nov 12, 2020

प्रतिक्रिया दिनुहोस्