Logo
१२ बैशाख २०८१, बुधबार
(November 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाईलाई खाना अपचको समस्या छ ? यी ८ घरेलु उपाय अपनाउनुहोस्!

हाम्रो समाजमा धरै जसो मानिसलाई खाना अपचको समस्या देखिने गर्छ । खाना अपचको समस्या विभिन्न कारणले हुन सक्छ । अपच भयो भने पेट दुख्ने,पेट फुल्ने, बान्ता आउने जस्ता समस्या भएको हुन्छ ।

कहिलेकाही अपचकै कारणले फूड पोइजन पनि हुन सक्छ त्यसैले हामीले अपच भएको बेलामा ख्याल राख्नु पर्छ । यदि तपाईलाई खान खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने आज हामी तपाईलाई घरेलु उपायको जानकारी दिदै छौ ।

घरेलु उपायहरु

– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ।

– अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।

– खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ।

-पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

– पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।

– पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।

– हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

– बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ।

त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।

 

प्रकाशित मिति: Nov 10, 2020

प्रतिक्रिया दिनुहोस्