Logo
१३ बैशाख २०८१, बिहीबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्युु

बाग्मती प्रदेश स्थित चितवनको भरतपुर अस्पतालमा उपचाररत हेटौंडाका एक कोरोना संक्रमितको मृत्युु भएको छ ।

मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ का रहेको अस्पतालका सूचना अधिकारीले जानकारी दिए ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको आज विहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्