Logo
१२ बैशाख २०८१, बुधबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ बाइक किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन्, बजारमा चलेका मोटरसाईकल !

पछिल्लो समय मोटरसाइकलको माग बढिरहेको छ ।

त्यसमाथि झन् कोभिड–१९ का कारण सार्वजनिक यातायातमा यात्रा गर्दा असुरक्षितको क्रासका कारण नयाँ दुईपांग्रे सवारीसाधन लिनेको चाप बढ्दो छ ।

हाल बजारमा २ दर्जन हाराहारीमा मोटरसाइकलका ब्रान्ड उपलब्ध छन् ।

तर, केही ब्रान्डले नै नेपाली मोटरसाइकल बजारमा एकाधिकार जमाएका छन् ।

अहिले बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो र रोयल इन्फिल्ड ब्रान्डका मोटरसाइकलहरू बढी लोकप्रिय मानिन्छन् ।

बजाज पल्सर

बजाजले नेपाली बजारमा एक छत्र राज गरेको छ । नेपालमा बजाज पल्सर सर्वाधिक बिक्री हुने मोडल हो । पल्सरको १२५ देखि २२० सीसीसम्मका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये पल्सर १५० र २२० मोडल सर्वाधिक लोकप्रिय मानिन्छ । यी बाइकको बिक्रीसमेत सेग्मेन्टकै धेरै छ ।

बजाजको ५० प्रतिशतभन्दा बढी बिक्री यी दुई मोडलले ओगट्ने कम्पनी स्रोतले बताएको छ । पावरफुल इन्जिन, स्पोर्टी लुक्स र आकर्षक डिजाइनका कारण पल्सर सर्वाधिक लोकप्रिय बन्न सफल भएको हो ।

टीभीएस अपाचे

१५० र २०० सीसी सेग्मेन्टमा टीभीएस अपाचेसमेत निकै लोकप्रिय मोडलका मोटरसाइकल हुन् । यी बाइकमा पछिल्लो समयमा युवाहरूको आकर्षण बढ्न थालेको छ । टीभीएस ब्रान्डका मोटरसाइकल बलियो तथा मजबुत इन्जिन र आकर्षक फिचर्सका कारण लोकप्रिय मानिन्छन् । अपाचे आरटीआर १६० र २०० मोडलको बिक्री उत्साहप्रद रहेको आधिकारिक वितरक जगदम्बा मोट्र्स प्रालिले बताएको छ ।

यामाहा एफजी
स्पोर्टी नेकेड लुक्सको यामाहा एफजी युवामाझ लोकप्रिय मोटरसाइकल हो । उच्चतम पावर तथा टर्कका कारण पनि यामाहा मोटरसाइकलमा राइडरहरू आकर्षित भइरहेका छन् । नेपाली बजारमा यामाहा एफजी २५, एफजीएस एफआई भी ३ एबीएस र एफजी एफआई भीटु मोडलका मोटरसाइकल उपलब्ध छन् ।

रोयल इन्फिल्ड क्लासिक
क्रुजर सेग्मेन्टमा एकछत्र बजार ओगट्न सफल रोयल इन्फिल्डको बजार हरेक वर्ष विस्तार भइरहेको छ । अफरोड र अनरोड दुवै सडकका लागि उपयुक्त रोयल इन्फिल्डका आधादर्जन मोडल नेपाली बजारमा उपलब्ध छन् । जसमध्ये किफायती मूल्यका कारण क्लासिक ३५० मोडल सर्वाधिक लोकप्रिय मानिन्छ । रोयल इन्फिल्डको कुल बिक्रीमध्ये ५० प्रतिशत बढी हिस्सा क्लासिक एक्लैले ओगट्ने बताइएको छ ।

हिरो स्प्लेन्डर
हिरो स्प्लेन्डर सदावहार सफल र लोकप्रिय मोडलको मोटरसाइकल हो । कम सीसी इन्जिन क्षमतामा एकछत्र जस्तै बजार लिन सफल हिरोको स्प्लेन्डर र सुपर स्प्लेन्डर मोडल विशेषगरी प्रौढ समूहका राइडरमाझ लोकप्रिय मानिन्छ । उच्चतम माइलेज र कम मर्मत सम्भार खर्च नै यो मोटरसाइकलको प्रमुख विशेषता हो ।

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्