Logo
७ बैशाख २०८१, शुक्रबार
(October 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री काजल अग्रवालले आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन्

बलिउडमा पछिल्लो समयमा विवाहको लहर चलेको छ । सो आज अभिनेत्री काजल अग्रवाल आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् ।

उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो विवाहको विषयलार्ई लिएर तस्बिर सेयर गरेकी थिइन् ।

उनले आफ्ना विवाहका विभिन्न कार्यक्रमको तस्बिर सामाजिक सञ्चालमा सेयर गरिरहेकी छिन् ।काजलले विवाहको बारेमा लेखेकी छिन्, ‘मलाई यो कुरा सेयर गर्न पाउँदा निकै खुसी लागेको छ । म र गौतम किचलु यही अक्टोबर ३० मा मुम्बईमा रहेको हाम्रो परिवारको जमघटकाबीच विवाह गर्दैछौँ ।’

गौतम इन्टेरियर डिजाइनर हुन् । उनको अनलाइन स्टोर छ । ३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् । जसमा उनको निकै सानो भूमिका थियो ।

सन् २००७ मा पहिलो तेलुगू फिल्म ‘लक्ष्मी कल्याणम’ मा देखिएकी थिइन् । तर त्यसै वर्ष रिलीज भएको फिल्म ‘चंदामामा’ बाट उनले पहिचान पाइन् ।

सन् २००९ मा आएको तेलुगू फिल्म ‘मगधीरा’ ले उनको करियरलाई उचाईमा पुर्याइदियो । उनले सन् २०११ मा ‘सिंघम’ मा समेत अभिनय गरेकी छिन् । एजेन्सी

 

प्रकाशित मिति: Oct 30, 2020

प्रतिक्रिया दिनुहोस्