Logo
१३ बैशाख २०८१, बिहीबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीभित्र पूनः विवाद सुरु भएपछि प्रधानमन्त्री ओलीद्धारा आफूनिकट नेताहरुसँग छलफल

पार्टीभित्र पूनः विवाद सुरु भएपछि प्रधानमन्त्री ओली आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टीभित्र पूनः विवाद सुरु भएपछि ओलीले अब कसरी अघि बढ्ने भन्नेबारे आफ्ना निकटहरुसँग छलफल गरेका हुन् ।

उनले आज मात्रै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग बालुवाटारमा आन्तरिक छलफल गरेका छन् ।

पछिल्लो समय भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर पनि नेकपाभित्र विवाद देखिएको छ ।

नेकपाका कतिपय नेताहरुले प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादाविपरित रअ प्रमुखसँग शिष्टाचार भेटवार्ता गरेको भनेर सार्वजनिक रुपमै आलोचना गरेका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि नेता डा. भीम बहादुर रावलले पनि उक्त भेटवार्ताबारे टिप्पणी गरेका छन् । मन्त्रिमण्डल पूनर्गठनदेखि कर्णालीमा नेकपा विवाद देखिएपछि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पनि मनमुटाव सुरु भएको छ ।

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्