Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिदेशी भुमिबाट देशको चाड्पर्ब सम्झदै सुगम पोख्रेलको उत्प्रेरक कविता :गाउँमा अचेल गौँथली गाउँदैन

सुगम पोख्रेल

गाउँमा अचेल गौँथली गाउँदैन

आमा समूहले खोलेको त्यो शिव मन्दिर ।
मकुरोको जालोले ढाकीसक्यो ।।
त्यो नयाँ बनेको चर्चमा कमेरो दल्दै व्यस्तछन् गाउँलेहरू ।
गाउँमा अचेल गैँथली गाउँदैन ।।

रूखमै पाकेर झर्छ बेलौती, भैसीका बाँ सुन्निन् ।
बारीका कान्लामा बग्ररेल्ती भेटिनन्छन् पाकेट दूध र चाउचाउका खोलहरू ।।
बाख्रा नै नभएपछि चितुवा गाउँ पस्न छोडीसक्यो ।
गाउँमा अचेल गौँथली गाउँदैन ।।

माझी दाईको त्यो बल्छीले पानी नदेखेको धेरै भो ।
टारी खेतमा क्रिकेट खेल्छन् भुराहरू, हलो छिमलेर व्याट बनाएछन् ।।
भजनका भाखा त कठै, सुनिन्छत केवल मोबाइलका रिङ्ग टोनहरू ।
त्यो चौतारीभरी बनमार मौलाएछ, धमिराको राज छ मकिएका भकारीहरूमा ।।
गाउँमा अचेल गौँथली गाउँदैन ।।

हरिया मकै नै नभएपछि बाँदर लाग्ने पिर छैन अचेल ।
चाडबाड पनि पात्रोमा मात्रै आउँछ ।।
काल पर्खेर बसेका बुढाबुढीहरूको खन्डहर बनेको छ गाउँ
जहाँ घाम पनि अस्थाउन मात्रै उदाउँछ
गाउँमा अचेल गौँथली गाउँदैन

लेखक CNN Tv अमेरिकामा कार्यरत छ्न।

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्