Logo
१३ बैशाख २०८१, बिहीबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

प्रदेश नं १ स्थित खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका-६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका-६ की बृहस्पती राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका को १ ज ३४७० नम्बरको ट्याक्सी पौवासेराको बाघखोर भञ्ज्याङमा दुर्घट्ना हुँदा बृहस्पती राईको नौ महिनाको बच्चासहित उदयपुर चौदण्डीगढी नगरपालिका-६ कै छत्रबहादुर राई, दिपक परियार, चौदण्डीगढी नगरपालिकाका चालक यमकुमार बिक, दिप्सन राई र मौवाबोटेकी नविना राई घाईते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्