Logo
८ बैशाख २०८१, शनिबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्सफोर्डले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन अर्को हप्ताबाट प्रयोगमा आउने

अक्सफोर्डले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन अर्को हप्ताबाट प्रयोगमा आउने भएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नोभेम्बरबाट प्रयोगमा आउने बुझिएको हो।

लन्डनस्थित अस्पतालका कर्मचारीलाई पहिलो ब्याचको भ्याक्सिन लिनका लागि तयार हुन भनिएको रिपोर्टबारे बेलायतबाट प्रकाशित हुने द सन पत्रिकाले खुलासा गरेको छ ।

सनका अनुसार २ नोभेम्बरबाट भ्याक्सिन आउने अस्पतालहरुलाई सूचित गरिएको छ ।अक्सफोर्ड भ्याक्सिनलाई कोरोनाविरुद्धको लडाईंमा गेमचेन्जर हुने आशा गरिएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले भ्याक्सिनको विकास गरेका हुन् ।यसअघि रुसको स्पुतनिक भी नामको भ्याक्सिन प्रयोगमा आइसकेको छ ।

चीनले पनि भ्याक्सिन विकास गरेर आकस्मिक अवस्थामा प्रयोगमा ल्याइसकेको छ ।अमेरिकाको फाइजर कम्पनिले पनि भ्याक्सिन यसै वर्ष प्रयोगमा ल्याउने भएको छ ।

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्