Logo
७ बैशाख २०८१, शुक्रबार
(October 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवल कोरोना अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेशस्थित रुपन्देहीेको बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल-१३ का ५२ वर्षीय पुरुष र तिलोत्तमा-११ की ५० वर्षीया महिलाको बुटवल कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ताले बताएका  छन् ।

यस्तै कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको डा। प्रवक्ताले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: Oct 27, 2020

प्रतिक्रिया दिनुहोस्