Logo
१५ चैत्र २०८०, बिहीबार
(October 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेम : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीहरूको महान पर्व विजयादशमी-२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले दशैँ पर्वले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्याउने विश्वास लिएक छन् ।

परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाइने यस्ता चाडपर्वहरूबाट भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेका मुख्यमन्त्रीले उल्लेख गरे ।

शुभकामना सन्देशमा उनले चाडपर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताए ।

विश्वव्यापी महामारी कोभिड-१९ का कारण यसपालिको दशैँ एउटै घरमा बस्ने व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने तथा भेटघाट गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्न उनले आग्रह गरे ।

मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने लगायत कोभिड-१९ का सन्दर्भमा नेपाल सरकारले जारी गरेको चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी दशैँ मनाउनसमेत मुख्यमन्त्रीले सबैमा अपिल गरे ।

प्रकाशित मिति: Oct 26, 2020

प्रतिक्रिया दिनुहोस्